दफा २४
समितिको काम, कर्तव्य र अधिकार
ऐनमा लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त
समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) श्रमजीवी पत्रकारले ऐन तथा यस नियमावली बमोजिम पाउने न्यूनतम
पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सिफारिस गर्ने,
(ख) खण्ड (क) बमोजिमको सिफारिस गर्नु अघि सो विषयमा आवश्यकता
अनुसार सम्बन्धित पक्षसँग परामर्श गर्ने वा सम्बन्धित विशेषज्ञको राय लिने,
(ग) सञ्चार प्रतिष्ठानको कामको प्रकृति अनुसार श्रमजीवी पत्रकारको पदको
तहगत वर्गीकरण गर्ने,
(घ) ऐनको दफा ३४ङ बमोजिम ऐनको कुनै व्यवस्था कुनै सञ्चार प्रतिष्ठानको
हकमा लागू नहुने गरी तोक्ने सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिने ।